जनताको मत खेरा जान दिन्नः सोम प्रसाद पाण्डेय

तानसेन।नेपाली कम्युनिष्ट पार्टी पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले जनताको मत खेरा जान नदिने बताएका छन् । आइतबार बगनासकाली गाउँपालिकाका विभिन्न वडाका मतदातासंगको भेटघाटमा निर्वाचन एउा प्रक्रिया भएपनि आफू सधैं जनतामाझ रहेको बताएका हुन् ।

उम्मेद्वार पाण्डेयले आफू सधै नागरिककै कामका लागि तत्पर रहेका बताउँदै जनताको मतको कदर हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए।

पूर्व मन्त्री समेत रहेका उम्मेद्वार पाण्डेयले निर्वाचन संवैधानिक व्यवस्था भएको जनाउँदै भने, -“जित र हार स्वीकार गर्न सक्छु तर, जनताबाट म कहिले टाढा हुन सक्दिन । मैले मेरो पूरा जीवन पाल्पाली जनताका लागि सर्मपित गरेको छु । मैले विगतमा गरेका कामको मुल्यांकन सबै पाल्पावासीले गर्नेमा म ढुक्क छु । उनले भने । मैले जत्तिको पाल्पाका नागरिकको विकास र आवश्यकता महशुस गर्ने व्यक्ति विरलै छन्, मैले केही ठूलादेखि नागरिकका जनजीविकासंग जोडिएका विषयमा कामहरु गरेको छु ।” उनले भने।

उम्मेद्वार पाण्डेयले आफूले सुरु गरेका र केही थप योजनाहरु सम्पन्न गर्नका लागि मेरो उम्मेद्वारी रहेका दावी गरे । उनले अब नागरिकको जीनवस्थतर सुधार गर्ने पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

उनले अबको यात्रा आर्थिक समृद्धिको रहेको बताउँदै जिल्लाको आर्थिक विकासका लागि गुरु योजना तयार गरेर समग्र पाल्पाको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए। उम्मेदवार पाण्डेयले पाल्पा दुईका मतदाताले यसपाली विकास र समृद्धि रोज्ने बताउँदै आफू निर्वाचित हुनेमा ढुक्क रहेको मतदातासंग बताए। घरदैलोमा पुग्दाको प्रतिक्रियाले आफू निकै उत्साहित भएको बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको