पत्रकार महासंघको भवनमा ५ बेडको आइसोलेशन कक्ष निर्माण
तानसेन । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले कोरोना संक्रमित संचारकर्मी राख्नका लागि आफ्नै भवनमा आइसोलेशन कक्ष निर्माण गरेको छ ।
पछिल्लो समय जिल्लामा उच्च गतिमा संक्रमण बढेको र अस्पतालहरुमा समेत बेड अभाव भएको हुँदा महासंघले आफ्नै भवनमा ५ बेडको आइसोलेशन कक्ष निर्माण गरेको हो ।
स्थानीय तहहरुको सहयोगमा निर्माण भएको आइसोलेशन कक्षमा अक्सिजनको समेत व्यवस्था गर्ने तयारी गरिएको महासंघका पाल्पा शाखा अध्यक्ष रेखिराम रानाले जानकारी दिए ।
विभिन्न स्थानमा घर भई हाल सदरमुकाममा डेरा...










