TRENDING :

पाल्पा । नेपाल पत्रकार महासँघको ६६ औं स्थापना दिवसका अवसरमा पाल्पामा दुई पुरस्कार वितरण गरिएको छ ।

पाल्पा शाखाद्धारा स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा सूचना विज्ञ विनयकुमार कसजू (मरणोपरान्त) लाई प्रदान गरिएको छ । लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालको सहयोगमा स्थापित संस्थागततर्फ नेपाल पत्रकार महासंघ पाल्पा शाखालाई प्रदान गरिएको हो कसजूको धर्मपत्नि गंगा कसजूलाई सम्मान प्रदान गरिएको हो ।

पुरस्कारको रासी ५० हजार नगद रहेको छ । लुम्विनी प्रदेशसभा सदस्य नारायण आचार्यले कसजू र शाखा अध्यक्ष राजेश कुमार अर्याललाई नगद प्रमाण र दोसल्ला रहेको छ । विकास पत्रकारिता पुरस्कार २०७७ लेखक तथा पत्रकार श्री नीलकण्ठ न्यौपानेलाई प्रदान गरिएको छ । महासंघका पूर्व अध्यक्षहरु मेघराज शर्मा, गोविन्द भट्टराई र झपेन्द्र गहिरेको सहयोगमा स्थापित हो । पुरस्कार नगद रु २५ हजार, प्रमाणपत्र र दोसल्ला रहेको छ ।

तपाईको प्रतिक्रिया