निर्धक्कसँग मतदान गर्न प्रधानमन्त्री देउवाको आग्रह
पाल्पा । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार (बैशाख ३० मा) हुने स्थानीय तह निर्वाचनमा निर्धक्कसँग मतदान गर्न आग्रह गरेका छन् । उनले बिहीबार साँझ एक भिडियो सन्देशमार्फत मतादातालाई निर्धक्कसँग मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापन चुस्त दुरुस्त बनाएको प्रधानमन्त्री देउवाले बताएका छन् ।
प्रधानमन्त्रीले भिडियो सन्देशमा भनेका छन्, ‘स्थानीय तहदेखि नै लोकतान्त्रिक अ...