
काठमान्डौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
हालै भएको १७ औं लोकसभा निर्वाचनमा भाजपा बहुमतसहित विजयी भएपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुन लागेका हुन ।
मोदीको सपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आजै दिल्ली प्रस्तान गर्दैछन ।