पाल्पा । नेपाली समाजमा एकल महिलाहरु पिडा सहेर जीवन बिताउन बाध्य छन् । एकल महिला भएकै कारण आर्थिक, राजनैतिक सामाजिक–साँस्कृतिक अवसरबाट बञ्चित छन् । निरन्तर मेहनत र पसिना बगाएरमा एकल महिलाहरु पनि सक्षम बन्छन् भन्ने यो उदाहरण हो ।
पाल्पा जिल्ला बगनासकाली गाउँपालिका बराङदीकी तुल्सी गैरेको तानसेन मेहलधारामा हस्तकला प्रशिक्षण केन्द्र छ । हस्तकलामा क्रिष्टल माला, औठी, टप, चुरा, गुडिया तथा खेलौना उत्पादन हुन्छ । श्रम र पसिना खर्चेर दुई चार पैसा कमाउन सकिने अनुभव सुनाइन । हस्तकलामा उत्पादित सामाग्री बिक्री गरेर केही पैसासँग मान सम्मान कमाइन । यसबाट आत्मनिर्भर बनेपछि सन्तृष्टि मिलेको गरेको भनाई छ ।
विस २०५९ सालमा बगनासकाली गाउपालिकाको पोखराथोककी १८ वर्षीय तुल्सी गैरे र बराङ्दीका २१ वर्षीय दिपक घिमिरे बीच विवाह भयो । विवाहको पाँच वर्षीय पछि गैरेले जीवन साथी दिपकलाई गुमाउनु पर्दा ठुलो पीडा भयो । विवाहित महिलका लागि श्रीमान गुमाउन साहारा विहिन मात्र होइन् पारिवारिक समस्याको चाङ्ग लाग्यो ।
समस्या माँझ शिक्षण रोज्न बाध्य हुनु परयो । छोरा साथ तानसेनमा बसेकी तुल्सीका लागि छोरा र स्कुल दुर्वतर्फ समय निकाल्न निकै मुश्किल भयो । अहिले शिक्षण पेशा छाडेर हस्तकला व्यवसायमा बिहानको समयमा छोराको पढाई लेखाईमा ध्यान दिनुपर्छ । दिउँसोमा हस्तकला केन्द्रको व्यवस्थापनमा समय खर्चिएकी छन् । छोरा आदर्शले कक्षा आठ अध्ययनरत छन् ।
मानिसले घरमा सजावटमा रुपमा गुडिया तथा खेलौनाको प्रयोग बढ्दो छ । क्रिष्टल माला, औठी, टप, चुरा खोज्ने तानसेनको मेहल्धाराको तुल्सी हस्तकला धाउने गर्दछन् महिला । हस्तकला सञ्चालन गरेपछि मासिक पचीस हजार रुपैयाँ कमाई हुने बताइन ।
हस्तकलाबाट समान बेच्ने र पैसा कमाउने मात्र गैरेको उद्देश्य होइन, अन्य एकल महिलालाई पनि रोजगार र स्वरोजगार बनाउन चाहाना छ । “आफुले जानेको हस्तकलाको सीप अरु महिलालाई पनि बाँडन तयारछु, आफु जस्तै एकल महिलालाई सक्षम बनाउन प्रशिक्षण सञ्चालनमा समय निकाल्छु, तालीम चलाउन गाउँ गाउँमा पुग्छ, हालसम्म १५० एकल तथा अन्य महिलाहरुलाई तालीम मार्फत महिलाहरुले हस्तकला बनाउने सीप सिकेर केहीले राम्रो गर्नुभएको छ,” तुल्सीले भनिन ।
“केहीलाई आफुले जानेको सीप सिकाउन अन्य महिलाहरु पनि आत्मनिर्भर हुने लक्ष्यका साथ हस्तकला प्रशिक्षण केन्द्रका रुपमा सञ्चालनमा ल्याएको हो,” तुल्सीले भनिन । सस्तो र राम्रो पनि हुने भएकोले अधिकांश महिलाहरुको क्रिष्टल सामाग्रीहरुप्रति आकर्षण बढेको पाइन्छ ।
करिब ९ वर्ष शिक्षण पेशा छाडेर एकल तथा अन्य महिलाहरुको परनिर्भरता हटाउनका लागि हस्तकला केन्द्र महिलालाई हस्तकला सम्वन्धि ज्ञान, सीप बाँड्दै आइन ।
दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हस्तकला सिकाउन व्यस्त हुने गैरे सामाजिक रुपमा एकल महिलाका हक अधिकार सुनिश्चितताका लागि आवाज उठाउने निडर महिलाका रुपमा परिचित छन् । मानवअधिकारका लागि एकल महिला समूह पाल्पाकी अध्यक्ष, मानवअधिकार तथा शान्ति समाजमा सहसचिव छन् । राष्ट्रसेविका नेपाल अञ्चल संयोजकको भूमिका छ ।