एजेन्सी । इजरायलको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मन्त्री मण्डलमा आमिर ओहानालाई कार्यकारी न्याय मन्त्रीको रुपमा नियुक्त गरेका छन् । आफू समलिंगी भएको खुलेर स्विकार गरेका ओहाना इजरायलकाे इतिहासमै पहिलो मन्त्री बनेका हुन ।
इजरायलमा बिहिबार ‘गे प्राइड’को वार्षिक उत्सवकाे अवसरमा उनलाइ एक दिनअघि नेतन्याहुको दक्षिणपन्त्री लिकु पार्टीको तर्फबाट ओहानालाई मन्त्री पदमा नियुक्त गरिएको हाे ।
प्रधानमन्त्री कार्यालयले एक बयान जारी गर्दै भनेको छ । इजरायलको इतिहासमा पहिलो पटक एलजिबिटी समुदायका सदस्यलाई यो पद दिनुलाई ऐतिहासिक बताइएको छ । नेतन्याहुको दक्षिणपंथीको शत्रु मानिने आयलत शाकेदको स्थानमा ओहानालाई यो पद दिइएको छ ।