
पाल्पा । तानसेन नगरपालिकालाई युवामैत्री, युवा स्वरोजगारमा प्रतिवद्ध र युवा खेलाडीको विकासमा टेवा दिने स्थानीय तहका रुपमा स्थापित गर्ने वाचा सहित तानसेन युवा परिषद सभा सम्पन्न भएको छ । दुई दिनसम्म सघन रुपमा तानसेनमा चलेको अन्र्तक्रियात्मक सभाले सक्षम युवा समृद्ध नगरपालिका निर्माणका लागि ८ बँुदे तानसेन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले नगरपालिकाले आफ्नै अंगको रुपमा युवा परिषद गठन गरेकाले अब तानसेनको मार्गदर्शन गर्ने जिम्मा युवामा आएको बताए । मेयर शाहीले तानसेन नगरपालिकाको समग्र विकास निर्माण, सचेतना अभियान र स्थानीय तहका ऐन कानुनका विषयमा आम जनसमुदायलाई सचेतीकरण गर्न युवाहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपालका ७५३ स्थानीय तहमध्ये कार्यविधि पारित र स्थानीय राजपत्रमा प्रकाशन गरी पहिलो पटक गठीत तानसेन युवा परिषद गठन गरेर नीति निमार्ण तहमा युवाको सहभागिता सुनिश्चित गर्दै युवामैत्री नगरपालिका निमार्ण गर्ने अभियानमा लागेको युवा परिषद अध्यक्ष गुरास आत्रेयले बताए । तानसेन घोषणा सार्वजनिक गर्दै अध्यक्ष आत्रेयले तानसेनको भु–बनोट अनुसार कृषि, पशुपालन, पर्यटन लगायतका व्यवसायमा युवालाई आर्कषण पैदा गर्न, युवा व्यवसायीहरुलाई प्रविधि र सहुलियतपूर्ण ऋणको बन्दोबस्त मिलाउन नगरपालिका लाग्ने बताए ।
तानसेन घोषणामा राष्ट्रि«यता, लोकतन्त्र, मानवअधिकार, लागु औषध दूव्र्यसनी, सुुरक्षित बैदेशिक रोजगार, सीप तथा उद्यमशिलता विकास, लैङिगक हिंसा, पर्यटन व्यवसाय, पूर्वाधार विकास, योजना निर्माण र कार्यान्वयन आदि विषयमा युवा सशक्तीकरण र जागरणका कार्यक्रम सञ्चालनका लागि प्राथमिकतासहित कार्यक्रम तथा बजेट तर्जुमा गर्न सभाले स्थानीय स्तरदेखि केन्द्र सम्म जोडदार माग गरेको छ ।
दुइ दिन सम्म चलेको सभामा युवा परिषद केन्द्रीय उपाध्यक्ष माधव ढुगेंल, दायित्व नेपालका संगिता थेबे लिम्बु, पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेश कुमार अर्याल, बौघापोखराथोक चिउदीका सफल उद्यमी रुकबिर रेश्मीले युवा उद्यमशिलता बिकास, उद्यमशिलतामा तानसेनको सम्भावना, तानसेनको गौरवपुर्ण इतिहास र युवाको वर्तमान भुमिका र उद्यम वा व्यवसाय सञ्चालनमा आएका समस्या लगायतका बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा उपप्रमुख लक्ष्मी पाठक, सामाजिक समितिका सभापति दिपक बिश्वकर्मा, युवा समिति पाल्पाका अध्यक्ष रामजी पोखरेल, खेलकुद बिकास समितिका अध्यक्ष करुणा काफ्ले, नेपाल विद्यार्थी सघंका केन्द्रीय सदस्य हरिबोल भट्राई लगायले युवालाई उद्यमी बन्न आग्रह गरेका थिए । तानसनेन युवा परिषदका अध्यक्ष गुरास आत्रेयको अध्यक्षतामा चलेको कार्यक्रमको सञ्चालन महासचिब धनेन्द्र घिमिरे र स्वागत परिषद्का उपाध्यक्ष पवित्रा गैरेले गरेकी हुन ।