
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३, झिरुवास सार्कीडाँडामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये थप एकको मृत्यु भएको छ ।
झिरुवास, सार्कीडाँडाकी १४ वर्षीया निरुतासिंह ठकुरीको उपचारका क्रममा बुधबार राति काठमाडौंमा मृत्यु भएको हो। । च्याउ खाएर बिरामी परेकी उनलाई मध्यविन्दु अस्पताल नवपुर, चितवन हुँदै उपचारका लागि काठमाडौं लगिएको थियो। उनकाे गयराति उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
यसअघि उपचारकै क्रममा ९वर्षीय निर्मला सिंह ठकुरी र ४ वर्षीय विष्णु सिंह ठकुरीको चितवनमा मृत्यु भएको थियो। अहिलेसम्म् पनि अन्य धेरै बिरामीकाे अवस्था सुधार हुन सकेको छैन। ३० वर्षीय धनकुमारी सिंह ठकुरी, आठ वर्षीय सुमन सिंह ठकुरी, १२ वर्षीया निशा सिंह ठकुरीको अवस्था पनि गम्भीर रहेको छ प्रहरीले जनाएकाे छ।
बिरामीमध्य पाँच जनाको काठमाडौस्थित शिक्षण अस्पताल र तीनजनाको अन्य अस्पतालमा उपचार भइरहेको छ । झिरुवासका तिन परिवारमा च्याउ खाएपछि गत शुक्रबारदेखि बिरामी परेका थिए ।