च्याउ खाएर थप ४ काे मृत्यु, मृतककाे संख्या ६ पुग्याे

पाल्पा । गत जेठ २४ गते च्याउ खाएर गम्भीर बिरामी भएका पाल्पा निस्दी गाउँपालिका–३, झिरूवास सार्कीडाँडाका थप चार जनाको मृत्यु भएको छ। बुधबार राती एक र गएकाे अाइतबार दुइ जनाकाे िनधन भइसकेकाे िथयाे । उनीहरू सबैकाे उपचारका क्रममा निधन भएकाे हाे । केही दिनअघि जंगलबाट ल्याएको विषालु च्याउ खाएर गम्भीर बिरामी भएकामध्ये अहिलेसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए।

जेठ २५ गते शनिबार बिरामी भएर नवलपुरस्थित मध्यविन्दु अस्पतालमा सामान्य उपचारपछि  चितवनस्थित विभिन्न अस्पतालमा उनीहरूको उपचारको क्रममा दु्ईजना बालिकाको मृत्यु भएको थियो। निस्दी गाउँपालिका–३, सार्कीडाँडाका ९ वर्षकी निर्मलासिंह ठकुरी र ४ वर्षकी विष्णु सिंह ठकुरीको २५ गते मृत्यु भएको थियो।

यस्तै बिहिबार राती उपचारका क्रममा ७ वर्षका सुमनसिंह ठकुरी, १४ वर्षकी निरुता, १२ वर्षकी निसा, ४५ वर्षका पूर्णबहादुर खाम्चाको काठमाडौंमा  मृत्यु भएको प्रनाउ सापकोटाले बताए। अन्य चारजनाको काठमाडौंमै उपचार भइरहेको छ।

२९ वर्षकी दानमाया सिंह, ३० वर्षकी धनकुमारी सिंह, ३६ वर्षकी चनकुमारी खाम्चा र १५ वर्षकी विमला खाम्चाको अवस्था अझै गम्भीर छ। उनीहरूकाे काठमाडाैमा उपचार भइरहेकाे छ । च्याउ खाएर बिरामी भएर उपचारपछि ८० वर्षका प्रेमबहादुर ठकुरी अस्पतालबाट डिस्चार्ज भएका छन्। उनीहरूलाइ नवलपुरकाे मध्यविन्दु अस्पतालबाट चितवन हुँदै काठमाडाैमा उपचार भइहरकाे िथयाे ।

प्रतिनिधिसभा सांसद दलबहादुर रानाले सबैकाे उपचारका लागि काठमाडाै लैजाने व्यवस्था मिलाएका थिए । उनले निधनभएकाहरूकाे राहत र उपचारमा सरकारकाे व्यवस्था मिलाउन माग गरेका छन ।

तपाईको प्रतिक्रिया