एसईईको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल आज (बिहीबार) प्रकाशित गर्ने भएको छ । बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा आज मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको छ ।

परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए ।

बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।

गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

तपाईको प्रतिक्रिया