पाल्पा। पाल्पाको रानीमहलदेखि स्याङ्जा सटुका जोडने पुलतर्फ पहिरो खस्दा जमिनमा ठुला खाल्डा भेटिएका छन् । जमिनमा ठुला ठुला खाल्डा भेटिएपछि स्थानीयबासिन्दा त्रसित बन्दै गएका छन् ।
निर्माणाधिन पुलभन्दा माथिबाट पहिरो खसेर माथिको बाटोमा ठुला ठुला भ्वाङ परेपछि स्याङ्जा सटुकाका स्थानीयबासी समस्यामा परेका छन । कालीगण्डकी गाउपालिका ३ सटुका देखि पाल्पा जाने मोटरबाटो अन्तर्गत निर्माणाधीन नयाँ मोटरपुल स्याङ्जा पट्टी भन्दा लगभग २०० मिटर माथिको भागमा ५० देखि १०० मिटरको दुरिमा धेरै ठाउँमा नै ठुला-ठुला भ्वाङहरु परेका हुन ।
बर्खा लाग्नु भ्न्दा केही समय अगाडि देखी नै बाटोमा भ्वाङ पर्न थालेपछी स्थानियबासि त्यो बाटो प्रयोग गर्न समेत त्रास बढेको स्थानिय बिमल पाण्डेयले बताएका छन । यसैबिच उक्त भ्वाङ्हरू स्थानीयले पटक पटक पुर्दा पनि निरन्तर भ्वाङ्ग परीरहेपछी यात्राका क्रममा यात्रुलाई पर्न जाने असुविधा र जोखिम न्यूनीकरणका लागि सटुका र बटिचौरका स्थानीय बासिन्दाहरुले वैकल्पिक बाटोको रुपमा गोरेटो बाटो बनाएका छन ।
पानी परेको बेलामा पहिरो जान सक्ने डर भएकाले उक्त बाटो भएर यात्रा गर्न जोखिमपूर्ण भएको हुँदा त्यहाँबाट यात्रा नगर्न स्थानियले अनुरोध गरेका छन । त्यसबाट पर्न जाने क्षति र असरलाई मध्यनजर गर्दै समस्या समाधानको उपायको बारेमा समयमै ध्यान दिनुहुन सम्वन्धित सरोकारवाला निकायहरु र स्थानीय सरकारसँग अनुरोध गरेका छन ।
उनिहरुले नयाँ निर्माण गरिएको पुलनिर ठुलो पर्खाल बनाउनु पर्ने र माथि तिर को कच्ची बाटोलाई आवश्यकता अनुसार अस्तरोन्नती गर्न माग गरेका छन । तर सरोकारवाला निकायले भने यो बिषयमा कुनै कदम चालेको छैन । उक्त बाटोको बढ्दो जोखिम नियन्त्रण गर्न नसकेमा कालिगन्डकी गाउपालिकाका र निर्माणाधिन पुललाई पनि असर पर्नेछ ।