पाल्पामा जीप दुर्घटना हुँदा १५ घाइते ।

पाल्पा । रिब्दीकोट गाउँपालिका-३, हार्थोक नजिकै जीप दुर्घटनामा १५ जना घाईते बनेका छन । घाइतेको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

हार्थोक सर्देवा भित्रि पक्कि सडक खण्डमा बुटवलबाट सर्देवा तर्फ जादै गरेको लु अ.अ. ब ४१९४ (नयाँ भन्सार नम्बर )को बलेरो जिप आफै अनियन्त्रित भई बाटोबाट तल खस्दा दुर्घना हुन पुगेको हो । जीप सडक देखि ३० मिटर तल खसेको छ । उक्त बलेरो जिपमा चालक सहित १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएपी कृष्ण सापकोटाले बताउनुभयो ।

प्रहरी चौकी हार्थोकबाट प्र.ना.नि. नोख बहादुर थापाको कमाण्डमा टोली खटिई उद्दार कार्य गरेको थियो । उक्त बलेरो जिप घटनास्थलमै रहेको छ । प्रहरीले घटनाका सम्वन्धि थप अनुसन्धान कार्य जारी रहेको जनाएकाके छ ।
घाइते हुनेहरु:
१) जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.(२ बस्ने बर्ष २६ को नारायण बहादुर बस्नेत ( अवस्था मध्यम )
२) जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं.( ४ बस्ने बर्ष २८ कि जुना थापा मगर ( अवस्था मध्यम )
३) ऐ, वडा नं. ५ बस्ने बर्ष ७० कि भुमा देबी बुढाथोकि ( अवस्था मध्यम )
४) ऐ, वडा नं.( १ बस्ने बर्ष २२ को खड्क बहादुर रेग्मी ( चालक अवस्था मध्यम )
५) ऐ, ऐ बस्ने बर्ष ६४ को टिका बहादुर थापा ( अवस्था मध्यम )
६) ऐ, ऐ बस्ने बर्ष ५४ कि मनकुमारी थापा ( अवस्था मध्यम )
७) ऐ, ऐ बस्ने बर्ष २९ कि कमला सिहं मगर ( अवस्था मध्यम )
८) ऐ, ऐ बस्ने बर्ष २६ कि मिना पुन ( अवस्था सामान्य )
९) ऐ, ऐ बस्ने बर्ष ४ कि रक्षा पुन ( अवस्था सामान्य )
१०) ऐ, ऐ बस्ने बर्ष ३५ को थमन सिहं मगर ( अवस्था सामान्य )
११) ऐ, ऐ बस्ने बर्ष २४ को नेत्र बहादुर दर्लामी ( अवस्था सामान्य )
१२) ऐ, वडा नं.( ६ बस्ने बर्ष २८ को योग नारायण पुन ( अवस्था सामान्य )
१३) ऐ, ऐ बस्ने बर्ष २ को रन्जित पुन ( अवस्था सामान्य )
१४) ऐ, ऐ बस्ने बर्ष १९ को राजन दर्लामी ( अवस्था सामान्य )
१५ ऐ, ऐ बस्ने बर्ष ४ को वर्षा पुन ( अवस्था सामान्य )

 

तपाईको प्रतिक्रिया