पाल्पा । रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको मौरान र अर्चलेमा झाडापखाला फैलिएको छ । अहिलेसम्म ५३ भन्दा बढी मानिसमा वान्ता, पखाला पटक पटक लागेर ग्रस्त बनेका छन् ।
चार दिनसम्म फैलिएको झाडापखालाका बिरामीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउन निको नभएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
चार जनालाई युनाइटेड मिसनमाम उपचार भइरहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।बिहिबार दिउँसो ४ जनालाई सामान्य झाडापखला लागेको थियो।
अहिले जिल्ला अस्पताल पाल्पाका डाक्टर गगन अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले विरामीको उपचार थालेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकार माधव प्रसाद ज्ञवालीले बताए। उनका अनुसार विरामीको अवस्थालाई ख्याल गरेर सलाइन चढाउनुका साथै जीवनजल खुवाउने काम भइरहेको छ।
विरामी मध्य चारजनालाई थप उपचारका लागि तानसेन स्थीत युनाइटेड मिशन अस्पताल लाइएको सूचना अधिकारी ज्ञवालीले बताए। ुअहिले पनि झाडापखला नियन्त्रण बाहिर रहेको छु उनले भने,तर आत्तिनुपर्ने अवस्था भने छैन्।
दूषित पानीको कारण झाडापखला लागेको हुनसक्ने अनुमान गरिए पनि यथार्थ कारण यकिन हुन सकेको छैन्।ु स्वास्थ्यकर्मीको टोली शुक्रबार साँझ सातबजे घट्नास्थल पुगेको हो। झाडापखला लागेका बिरामीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। मौरानमा बिरामी भएका मध्ये अधिकांश कुमाल समुदायका रहेका छन् भने अर्चलेमा ब्राम्हण, दलित र जनजाती परिवाराका रहेको सूचना अधिकारी ज्ञवालीले बताए।