पाल्पा । सिदार्थ राजमार्ग अन्तरगत पाल्पा –बुटवल सडकखण्ड पहिरो पन्छाउनका लागी सोमबार दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय पाल्पाले आइतबार साझ सुचना जारी गर्दे सडक बन्द गर्ने जनाएको हो ।

तिनाउँ गाउँपालिका ३ दोभान प्रहरी चौकिदेखि सिद्धबाबाको हेडबक्स क्षेत्र सम्मको सडक छेउछाउका ढुङगा र पहिरोले दुर्घटनाको जोखिम बढाएको भन्दै सवारी आवतजावत रोकेर पहिरो हटाउन सडक बन्द गरिएको सडक डिभिजन कार्यालयका पाल्पाका डिभिजन प्रमुख केदारप्रसाद नेपालले जानकारी दिए ।

पहिरो पन्छाउन सडक डिभिजन कार्यालयले सोमबार बिहान १० बजेदेखि ३ बजेसम्म सडक बन्द गर्ने जनाएको छ । वर्षायाम सुरुभएसँगै पाल्पा – बुटवल सडकखण्डको दोभान हेडबक्स क्षेत्र अत्याधीक जोखिमको क्षेत्र मानिनन्छ ।

शनिबार दिउस ढुङ्गासहितको पहिरो खसेपछि राजमार्ग एकतफी रुपमा मात्र संचालनमा आएको थियो । सिद्धाबाबा सडकमा पहिरोले गत शनिबार एक युवकको घटनास्थलमै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया