तिनाउ गाउँपालिका क्षेत्रभित्रका किसानलाई प्रतिलिटर दुधमा दुई रुपैयाँ अनुदान वितरण

पाल्पा । तिनाउ गाउँपालिका क्षेत्रभित्रका किसानलाई प्रतिलिटर दुधमा दुई रुपैयाँ अनुदान वितरण गर्न थालेको छ ।

डुम्रे दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध दुग्ध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरुपमा अनुदान वितरण गर्न थालेको हो दुध विक्री गर्ने किसानलाई प्रदेश सरकारको सहयोगमा प्रतिलिटर दुई रुपैंयाका दरले अनुदान वितरण गरिएपछि किसानहरु खुसी छन् ।

पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं ५ को सहयोगमा १६ लाख ९० हजार रुपैंया वितरण गरिएको हो । मस्याम, ठिमुरे, मदनपोखरा, तानसेन, रुप्से लगायतका स्थानका किसानहरुलाई डुम्रे दुग्ध उत्पादक सहकारी संस्थामार्फत दुध विक्री र उनीहरुको वार्षिक उत्पादनका आधारमा प्रतिलिटर दुई रुपैंयाको दरले अनुदान वितरण गरिएको हो ।

तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले उत्पादनमा आधारित अनुदान दिएकोमा प्रदेश सरकारलाई धन्यवाद दिर्दै गाउँपालिकाले समेत यस वर्षबाट प्रतिलिटर २ रुपैंया अनुदानको व्यवस्थापन गरेको बताए। उनले तिनाउँका किसानलाई व्यवसायिककरण र आधुनिक पशुपालन गर्नका लागि दाना बनाउने मेसिन, दुध दुहुने मेसिन, भकारो सुधार लगायतका कार्यक्रम संचालन गरिने बताए।

कार्यक्रममा पशु विज्ञकेन्द्र पाल्पाका डा. चन्द्रबहादुर रानाले पशु विकास कार्यक्रमका लागि प्रदेश सरकारबाट प्रदान गरिने गर्ने बताए । तिनाउँ ६ का वडा अध्यक्ष टोमबहादुर पुन, तानसेन ८ का वडा अध्यक्ष रामप्रसाद घिमिरे, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रामजी घिमिरे, तानपा ८ का वडा सदस्य कुलबहादुर नगरकोटी लगायतले सरकारले उत्पादन बढाउन र आयात घटाउन उत्पादनमा आधाररित अनुदान कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया