तिनाउ गाउँपालिकाको डुम्रेमा साइन रेसुङ्गा बैक सञ्चालनमा

गणेश दर्लामी

पाल्पा । तिनाउ गाउँपालिका डुम्रेस्थित शाइन रेसुङ्गा डेलभमेन्ट बैक सञ्चालनमा आएको छ । बैक सञ्चालनमा आएपछि नागरिकको बैकिङ्ग पहुँचमा बढ्दो छ । कृषि तथा पशुपालनका उत्पादनमुलक क्षेत्रमा कर्जा लिई व्यवसाय गर्नका लागि पहुँच विस्तार भएको हो ।

शाइन रेसुङ्गा डेलभमेन्ट बैक पाल्पाको डुम्रे क्षेत्रबाट यो शाखा ४१ हो । यस बैकले तिनाउ गाउँपालिकाको कोलडाडा, मस्याम डुम्रे, तानसेन नगरपालिकाको मदनपोखरा, विन्दावन, जरपिपल, तथा रिब्दीकोट गाउँपालिकाको ठिमुरे क्षेत्रका स्थानीयबासिन्दा सहयोग पुग्नेछ ।

बैकद्दारा आयोजित वित्तीय साक्षरतामा गर्भनर नेपालले नेपालीसँग अवसर र पैसा नेपालमा नै प्रशस्त रहेकोले विदेश भौतारिनु उपलब्धि भन्दा सास्ती बढी भएको बताए । वित्तीय साक्षता सम्वन्धि ज्ञान, सीप नहुदा खाडीमा दुख पाइरहेकोले स्वदेशमा उद्योग व्यवसाय गर्न गर्भनर नेपालले अनुरोध गरे ।

कार्यक्रममा राष्ट्र बैकका निर्देशक राजेन्द्र भटटराई, तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती, मस्याम बहुमुखी क्याम्पसका प्रमुख घन बहादुर कार्की, बैकका कार्यकारी प्रमुख प्रकाश पौडेल लगायतले बेरोजगार यूवाहरुले स्वरोजगार बन्नका लागि बैकले कर्जा प्रवाह गर्ने बताए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer