उत्पादनमा वृद्धि गर्न किसानलाई अनुदान

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई मासुमा अनुदान दिने व्यवस्था गरेको छ । गाउँपालिकाले प्रतिकिलो मासुमा २० रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएपछि किसानहरु उत्साहित भएका छन ।

किसानले उत्पादन गरेका जिउदा खसीबोकाको कारोबारमा अनुदानको व्यवस्था गरिएको हो । गाउँपालिका क्षेत्रभित्रका किसानले उत्पादित दुध, तरकारी र मासुमा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय किसानहरु खुसी भएका छन ।

स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदानको व्यवस्था गरिएको हो । गाउँपालिका क्षेत्रमा दुध, तरकारी र मासुमा आत्मनिर्भर नभएपछि अनुदानका माध्यमबाट यूवाहरुलाई व्यवसायिक बनाउन थालेको गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले बताए ।

यूवाहरुलाई व्यवसायिक बनाउन सकेको अवस्था गाउँपालिका दुध, तरकारी र मासुमा आत्मनिर्भर हुने गाउँपालिका अध्यक्ष कार्कीले बताए । गाउँपालिकाले दुधमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा, तरकारीमा प्रतिकिलो १ रुपैयाँ ५० पैसा र खसीबोकामा प्रतिकिलो २० रुपैयाँ अनुदानको व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बताए ।

गाउँपालिका क्षेत्रभित्रको भुवनपोखरी, सोमादी, मुभुङ्ग र छहरामा गाईभैसी पालन गरी दुधको कारोबार बढ्दै आएको छ । गाउँपालिका क्षेत्रभित्र दैनिक सात लिटर हुने गरेको छ । मुझुङग र सोमादी, छहरा लगायतका क्षेत्रका किसानहरुले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् ।

अनुदान लागि संघसंस्था, समुह तथा सहकारी मार्फत कारोबार गर्नेहरुलाई मात्र अनुदान प्रदान निति गाउँपालिकाको रहेको छ ।

तपाईको प्रतिक्रिया