
पाल्पा । तिनाउ गाउँपालिका–२ नम्वर वडाको आयोजनामा स्थानीय सभा सम्पन्न भएको छ ।
कार्यक्रममा बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले यस्तो नागरिक सभाले सुशासन, आर्थिक पारदर्र्शीा र जवाफदेहीतालाई जोड दिदै नागरिकलाई सचेत बनाउने बताउनुभयो ।
वडा अध्यक्ष राजेश श्रेष्ठले वडाबाट चालुआवमा सञ्चालन हुने कार्यक्रमका सम्वन्धि जानकारी गराउनुभयो । सेवाग्राहीका सबै प्रश्न जवाफ दिदै यस वडालाई नमूना वडा बनाउन लागेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यो महान् अभियानलाई सफल पार्न सबै क्षेत्रको सहयोगको खाँचो श्रेष्ठले बताउनुभयो ।
स्थानीय सभामा कृषि, स्वास्थ्य, शिक्षा र पशुसेवा लगायतका विषयमा सेवाग्राहीले प्रश्न गरेका थिए । सेवाग्राहीहरुको शिक्षा सम्वन्धी प्रश्नको जवाफ दोभान माविका प्रधानाध्यापक सुर्य प्रसाद पौडेलले दिनुभयो ।
लक्ष्मीनाथ ज्ञवालीको सञ्चालन र मोहनलाल बिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सभामा रिता गुरुङ, निर्मला थापा, छबिलाल केसी, सुर्य बगाले, चिन्तामणी भण्डारी, टोम बहादुर गाहा लगायतले सबै मिलेर दोभान क्षेत्रलाई नमुना बनाउन लाग्नुपर्ने बताउनुभयो । राख्नुभएको थियो।समयमा काम सम्पन्न गर्ने उपभोक्ता सम्मानित