धानमा कालोपोके रोगका कारण उत्पादनमा गिरावत

पाल्पा । मंसिर महिना सुरू हुदाँ पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरुमा धान स्यार्ने चटारो चलेको छ । तर अधिकांश धानमा कालो पोके रोग देखा परेपछि किसानहरू भने चिन्तित बनेका छन । एक/ दुइ प्रजातिको धानमा देखिएको यो रोग हावाका माध्यमबाट सबै प्रजातिका धानहरुमा फैलने हुदाँ किसानहरु समस्यामा परेका हुन ।

वर्षदिन खाने खेतीका रुपमा लिईने धानबालीमा यसरी रोगले सताउन थालेपछि किसानहरु चिन्तित बनेका छन । अघिल्ला वर्षहरुमा केही मात्रामा देखा परेको यो रोग अहिले भने पाल्पाका अधिंकाश फाँट तथा टाँरी खेतहरुमा पनि देखा परेको छ ।

लोकल जातिको धानमा यो रोग देखिएको भनेर किसानहरु उन्नत जातको बिउको प्रयोग गरेका हुन । तर उन्नत जातका बिउ प्रयोग गर्दा झनै यो रागको प्रकोप फैलिएको मातागढि गाउँपालिका ३ रुपसेकी सरस्वती कुमालले बताइन् ।

फाँटका धानमा कालोपोके रोग देखिएपछि उत्पादनमा पनि गिरावट आउने भएको छ । परम्परागत कृर्षी प्रणालीलाई छाडेर आधुनिक र उन्नत जातका विउको प्रयोग गर्दा पनि कालोपोके रोग देखिएपछि किसानहरु चिन्तित बनेका हुन ।

जिल्लाको माडीफाँट, दमार, भैसीकट्टा, झडेवा, रामपुर, पूर्वखोला, अगाहाखोला, अर्गली, सर्देवा, बाँसटारीलगायतका फाटँहरुमा कालोपोके रोग देखिएको छ । यसवर्ष यूयस ३१२ सावित्रि तथा लोकल जातका धानमा बढी मात्रामा कालोपोके रोग देखिएको भएपनि सबै प्रजातिका धानमा यो रोगले आक्रमण गरेको कृषी ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

विउ र माटोको उपचार हुन नसक्दा तथा पानीको मात्रा धेरै हुदाँ यो रोग लाग्ने गरेको छ । जसका कारण २५ प्रतिशतसम्म उत्पादनमा गिरावट आउने कृषी ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको तीन सय हेक्टर बढी खेतमा लगाइएको धानबालीमा कालोपोके रोगले सताएको छ ।

केही दशक यता अन्य खेतिहरु गर्न छाडेर धानखति मात्र गर्दै आएका किसानले धानवालीमा पनि कालोपोके रोग देखिएपछि आगामी दिनमा धानखेति पनि छाडेमा खेतियोग्य जमिन बाजै रहने चिन्ता समेत बढेको छ ।

तपाईको प्रतिक्रिया