
पाल्पा । अर्घाखाँचीको एक बालकको असिनाको चुटेर मृत्यु भएको छ । अर्घाखाची जिल्लाको शितगङ्गा नगरपालिका १२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
नेपाली हिजो दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा असिनाले कुटेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाक्लो असिनाले चुटेर नै बालकको मृत्यु भएको भएपनि घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।