नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित नेपालगञ्जका १६ वर्षिय पुरुष हुन्।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा ति पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ। तीमध्ये ३० जना निको भएर घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया