काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३१६ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै हालसम्म नेपालमा ७३ हजार ५५५ जनाको कोरोना परीक्षण भएको छ। पीसीआरबाट १६ हजार ८९८ र आरडिटीबाट ५६ हजार ५५० को परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

हालसम्म क्वारेन्टाइनमा १३ हजार ६२५ र आइसोलेसनमा १६४ जना छन्। ३४ हजार २५७ ले स्वमूल्याङ्कनमार्फत कोरोना जाँच गरेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ११० जना कोरोना संक्रमित छन्। त्यसमध्ये ७८ पुरुष र ३२ महिला छन्। ३१ जना निको भएर घर फर्किँदा ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया