
पाल्पा। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा ३९, रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जनामा संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमित सबै पुरुष रहेको र सबैको स्वास्थय अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ।