एकै दिन ५७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ९१ पुग्यो

पाल्पा। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा ३९, रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जनामा संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमित सबै पुरुष रहेको र सबैको स्वास्थय अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer