पाल्पा। शुक्रबार विहान नेपालमा थप ९ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँकेका ८ जना र मकवानपुरका १ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षका पुरुष र मकवानपुरका ३७ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ।

शुक्रबार भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया