उपत्यकाका ५ सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन्। जसमध्ये काठमाडौंका तीन तथा भक्तपुर र ललितपुरका एकएक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै झापाका ९ जना, मोरङका १, सुनसरीका १, सर्लाहीका २, मनवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङका १, कपिलवुस्तका ४ र नवलपरासीका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

नयाँ संक्रमितमध्ये २४ जना पुरुष र ३ जना महिला छन्। उनीहरु १७ देखि ४२ वर्ष उमेरका छन्। यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer