पाल्पा । नेपालमा शनिबारमात्रै कूल ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न क्षेत्रमा गरिएको परिक्षणका क्रममा ३२३ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यस्तै शनिवार कोरोनाका कारण थप दुई जनाको मृत्यु भएसंगै नेपालमा कोरोना कारण मृत्यु हुँनेको संख्या १३ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण कैलाली र डोल्पामा एक।एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।

उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका(३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

 

अहिलसस्म्म मुलुकभर पिसिआर बिधिबाट ९२ हजार ४७७ र १ लाख ३७ हजार ४३५ जनाको आरडिटी विधीबाट कोरोना परीक्षण गरिएको छ । मुलुकभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा छन् भने आइशोलेशनमा २ हजार ८५७ संक्रमित छन् ।

हालसम्म ३५७ जना निको भएर घर फर्किएका  छन् ।

तपाईको प्रतिक्रिया