पाल्पामा ५ महिलासंगै थप ३३ जनामा काेरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८९ पुग्यो

पाल्पा । पछिल्लो २४ घण्टामा पाल्पाका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा एकजना पुरुष, शुक्रराज ट्रफिकल अस्पतालको प्रयोगशालामा १ महिला र १५ पुरुष तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षका क्रममा ४ महिला र १२ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसंगै पाल्पामा संक्रमितको संख्या ८९ पुगेको छ । जसमध्ये ५ जना निको भएर घर फर्केका छन भने पूर्वखोला १ सिलुवाका ४५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया