पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७६ पुग्यो

पाल्पा। पाल्पामा एकैदिन ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार जिल्लाको पूर्वखोला गाउँपालिका अन्तरगत सिलुवा, रिङनेरह र बिरकोटका ८० जना तथा माथागढी गाउँपालिकाका २ जना गरी ८२ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए। योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या १७६ पुगेको छ।

पाल्पामा एक जना संक्रमितको कोरोना संक्रमणका कारण निधन भइसकेको छ भने पाँच जना निको भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer