काठमान्डौं । चितवनमा मिनिबसर मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिकास्थित हरिहर मन्दिर अगाडि बा २ ख ५६७४ नं. को मिनिबस र  बा ९२ प ५२०४ नं. माेटरसाइकल एक आपसमा ठोक्किदा माेटरसाइकलमा सवार नाम नखुलेका २ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रमुख रविन कार्कीले जानकारी दिए ।

मंगलबार बिहान करिब ९ बजे भएको दुर्घटना भएको थियो ।

दुर्घटनामा घाईते भएका दुवैजनाको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा निधन भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया