
पाल्पा ।पाल्पाको रामपुरमा एकजना बालकको कुुलोमा डुबेर मृत्यु भएको छ ।
रामपुर नगरपालिकाको वडा नं. ५ स्थित मटेरी बस्ने योगमाया थापाको १९ महिने छोरा प्रतिम थापाको शुक्रबार कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले घटनाबारे थप विवरण संकलन र थप अनुसन्धानका लागि जिल्लाबाटै प्रहरीको टोली घटनास्थलमै खटेर अनुसन्धान जारी रहेको बताए ।