कक्षा १२ को नतिजा सार्वजनिक,११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।

परीक्षा बोर्डको  बैठक पछि केहीबेर अघि नतिजा सार्बजनिक गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए  ।

परीक्षामा देशभरबाट चार लाख ३३ हजार २ सय ७१ परीक्षार्थी सहभागी भएका थिए । जस मध्ये ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ भने १ जनाको रद्ध भएको बोर्डले जनाएको छ ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो ।

थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ गते मंसिरबाट सुरू भएको थियो ।

तपाईको प्रतिक्रिया