पाल्पा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपां) प्रचण्ड माधव समूहले आज आम हड्तालको आह्वान गरेको छ । सरकारले एकतर्फी रुपमा संवैधानिक परिषद्को नियुक्ति गरेको निहुमा देशब्यापी रुपमा बन्द आह्वान गरेको हुन ।
पार्टीले पाल्पा सहित देशव्यपापी रुपमा आमहड्तालको कार्यक्रम गरेको हो । केन्द्रीय सर्कुलर अनुसार पाल्पामा पनि एक प्रेस वक्तव्य जारी गर्दै आमहड्ताल सफल पार्न आग्रह गरिएको नेकपा पाल्पाका जिल्ला सचिव राजेन्द्र विकले बताए ।
सचिव विक र कार्यालय सदस्य कमल पाण्डेद्धा हस्ताक्षरित वक्तव्यमा आम हड्तालको कार्यक्रमलाई व्यापक सर्मथन एवम् सहभागिता सहित पूर्ण रुपमा सफल पार्न पाल्पाबासीलाई अनुरोध गरिएको छ ।