असंवैधानिक कदमको बिरोधमा तानसेनमा प्रदर्शन

पाल्पा । पाल्पामा नेपाली काँग्रेस निकट सुवेच्छुक संस्थाहरुले ओली सरकारले पुस ५ गते गरेको असंवैधानिक कदमको विरूद्दमा बिरोध प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेसले ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गर्ने कार्यक्रम अनुसार काँग्रेसको पार्टी कार्यालयदेखि जिल्ला प्रशासन अघिसम्म बिरोध र्याली सहित दर्पश गरेको हो ।

बिरोध कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस आवद्द नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, प्रजातन्त्रबादी प्राध्यापक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन र नेपाल निजामती कर्मचारी युनियनले सहभागीता जनाएका थिए ।

बिरोध पर्दशनपछिको कोणसभामा बाल्लदै बिरोधकर्ता समूहका प्रमुख तथा प्रतिनिधिहरुले ओली सरकारको असंवैधानिक कदमले दैनिक काम गर्ने मजदुर तथा कर्मचारीले न्युनतम परिश्रमीक समेत पाउन नसकेको बताएका थिए।

बिरोधकर्ताहरुले प्रधानमन्त्री आफै सडकमा आएर आमसभा र बिरोध गर्नमा व्यस्त भएके तर देश र जनताको हितमा काम नगरेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer