तानसेनका दुई सय ६७ जेष्ठ नागरिकलाई सम्मान

पाल्पा । तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

जेष्ठ नागरिकको विगतको योगदानलाई सम्झिएर १४ वटै वडाका ८५ वर्ष पार गरेका एक सय ३९ जना पुरुष तथा १ सय १८ जना महिललाई सम्मान स्वरुप न्यानो कपडा, पोष्टीक खाना वितरण गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्र रहेका जेष्ठ नागरिकलाई समेत समेटेर अघिबढ्ने उद्देश्यले पहिलो चरणमा सबै जेष्ठ नागरिकलाई सम्मान गरिएको समितिका सदस्य गुराँस आत्रेयले बताए ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत गरिब तथा विपन्न वर्गसंगै बेरोजगरीका कारण वैदेशिक रोजगारीमा लागेका युवालाई समेत स्वदेशमै रोजगारी सृजना गर्ने कार्यक्रम समेत रहेको सदस्य आत्रेयले जानकारी दिए ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले जेष्ठ नागरिकले जिवनको क्रियाशिल समय समुदायको विकासमा खर्चेको उल्लेख गर्दै उनीहरुको भुमिकालाई नयाँ पुस्ताले सधैव सम्झने बताईन् ।
उनले समाज परिवर्तका लागि जेष्ठ नागरिकको महत्वपूर्ण भूमिका रहेको हुँदा आगामी दिनमा समेत नगरपालिकाले जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम ल्याउने समेत बताईन् ।

यस्तै तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले सरकारले नागरिकलाई के गर्यो भन्ने दिन अव नरहेको बताए । उनले स्थानीय सरकारले जनताका पक्षमा सधैव संगसंगै रहेको हुँदा आगामी दिनमा समेत नागरिकले अनुभूती गर्नेगरि कार्य गर्दै जाने बताए ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेले पछिल्लो समय जेष्ठ नागरिकलाई सम्मान गर्ने प्रविधिमा केमी आएको हुँदा त्यसलाई निरन्तरता दिनका लागि राज्यबाट सहयोगको सुरुवात गरिएको बताए । स्थानीय सरकारले नागरिकको मुहारमा खुसी ल्याउन र सरकार छ है भन्ने अनुभुती गराउन पनि यो सहयोगले सुरुवात गरेको पाण्डेयले बताए ।

तानसेन नगरपालिकाको वडा नं. १४ अर्गलीबाट सुरु भएके कार्यक्रममा सबै वडाका जेष्ठ नागरिकलाई ब्लाङ्केट, ज्याकेट, जुत्ता, मोजा, टोपीसंगै लाईभभिटा समेत वितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम फोकल अधिकृत दुर्गा थापाले जानकारी दिए ।

सबै नागरिकलाई वडा कार्यालयमा पुगेर जेष्ठ नागरिकलाई सामाग्री हस्तान्तरण गरिएको कार्यक्रमका सामाजिक परिचालक नारायण कुमालले बताए ।

१४ वटै वडामा सहयोग सामाग्री पाउने जेष्ठ नागरिकको विवरण
तानसेन नगरपालिका वडा नं १ मा १३ जना,
वडा नं. २ मा १५ जना,
वडा नं. ३ मा १० जना,
वडा नं. ४ मा ८ जना,
वडा नं. ५ मा १० जना,
वडा नं. ६ मा २१ जना,
वडा नं. ७ मा ३१ जना,
वडा नं. ८ मा १६ जना,
वडा नं. ९ मा २० जना,
वडा नं. १० मा १९ जना,
वडा नं. ११ मा १८ जना,
वडा नं. १२ मा १४ जना,
वडा नं. १३ मा ३० जना
वडा नं. १४ मा ४२ जना

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer