पाल्पा । नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासघ प्रेस स्वतन्त्रता पक्षमा निरन्तर रुपमा लडिरहेको बताए ।

प्रेस स्वतन्त्रता र लोकतन्त्र अप्ठारोमा परेको अवस्थामा महासघ चुप लागेर बस्न नसक्ने बताए ।नेपाल पत्रकार महासघ पाल्पा शाखाको बाह्रौं साधारणसभामा आचार्यले लोकतन्त्र स्थापनामा नेपालका पत्रकारहरुको भुमिका कमी नभएको भन्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता, राष्ट्रियता, पत्रकार र मिडियाका हितमा महासघले वकालत गर्ने बताए ।

कार्यक्रममा लुम्विनी प्रदेश सभाका सदस्य नारायण आचार्य, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही , रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसी, वरिष्ठ पत्रकार मेघराज शर्माले प्रेस स्वतन्त्रता रहे लोकतन्त्र बलियो हुने भएकोले मिडिया क्षेत्रको संरक्षणमा सबैको चासो हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया