पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या शून्य

काठमान्डौं । पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार १ सय २७ जनाको नमुना परीक्षण गर्दा ३३ महिला र ४५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितसंगै नेपालमा २ लाख ७४ हजार २९४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये हालसम्म २ हजार ७७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

 

 

 

देशभबाट हालसम्म २ लाख ७० हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने, शकृय संक्रमितको संख्या ९७४ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया