
काठमान्डौं । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।
नेपाली सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा हिजो दिउँसो फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका २३ वर्षीय राजाराम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटना घाईते भएका मगरको उपचारका क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
मगर नेपाली सेनाको कालीजङ्ग गणमा कार्यरत थिए ।