प्रजिअ पाण्डेयले यस्तो भने,-बिजुलीको समस्या हल गर्न पहल गर्नेछु

पाल्पा ।पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बिजुलीको समस्या हल गर्न पहल गर्ने बताएका छन् ।

पाल्पाको बिजुली के कारणले समस्या भएको हो भनी विद्युत कार्यालय प्रमुखलाई सोधिएको प्रजिअ पाण्डेले बताए ।

प्रजिअ पाण्डेको अनुसार हावाहुरीको कारण पाल्पाको बिजुली समस्या पहिलादेखि नै समस्या रहेको विद्युत कार्यालय प्रमुखले आफूलाई बताएको सुनाए। पहिलाको तुलनामा पाल्पामा विद्युत्को समस्या धेरै कम भएको बताएको प्रजिअ पाण्डेले बताए ।

जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा अझ सहज हुने गरी काम अगाडि बढाएको प्रजिअ पाण्डेले बताए ।

जिल्लाका समस्या हाल गर्न आफू पहल गर्ने बताए ।जिल्लाका पत्रकारहरुले पाल्पामा टिप्परका कारण नागरिकको यात्रा असहज भएकोले सहज यात्रा बनाउन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका थिए ।

टिप्पर मालिकले प्रतिटिप्पर एकहजार सरकारी निकायलाई बुझाएको बताएका थिए । बजार अनुगमन प्रभावकारी हुन नसकेको, जिल्लाको नागरिकता सम्वन्धी काममा नागरिकले सास्ती खेपेको, बीमा तथा स्वास्थ्य कार्यालयप्रति प्रश्न उठाएका थिए । नापी, मालपोतमा समेत काम ढिलासुस्ती गरी सेवाग्राहीले समस्या भोग्न परेको र दुई तीन दिनसम्म काम हुन नसकेको पत्रकारहरुले प्रजिअलाई भनेका थिए ।

तपाईको प्रतिक्रिया