पाल्पामा पाँच जना पक्राउ

पाल्पा । पाल्पाको तानसेन र तिनाउमा पाँच जना पक्राउ परेका छन् । तिनाउ गाउँपालिकाको दोभानमा लागुऔषत सहित एक जना पक्राउ परेका छन् । तानसेन नगरपालिका १ स्थित चिलाङ्दीमा अस्थायी प्रहरी चौकी भुषालडाँडाले चिलांदी हुँदै तानसेन ल्याउदै गरेको लु २ त ८६१६ नं को ट्याक्टरलाई चेकजाँच गर्ने क्रममा अवैध काठ सहित चार युवा पक्राउ परेको हो ।

विना कागज प्रमाण अवैध रुपमा सालको काठ अं ३५.१० क्यूएफ फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वाती बताए
ट्याक्टर चालक सहित ४ जना अभियुक्तहरुलाई अवैध काठ सहित नियन्त्रणमा लिई डिभिजन वन कार्यालय पाल्पा बुझाईएको छ ।

यता, प्रहरी चौकी दोभानले बुटबलबाट पाल्पा आउदै गरेको सवारी साधन तथा शंकास्पद मानिसहरुको चेक जाँच गर्ने क्रममा बुटवलबाट पाल्पा तर्फ आउदै गरेका पैदल लागु औषत भेटिएको हो ।जिल्ला स्याङ्जा वालिङ नगरपालिका वडा ९ राउतडाँडा बस्ने बर्ष २५ को सुमन गाहाको शरीरमा खानतलासी गर्दा ठूलो मात्रामा लागुऔषत भेला परेको हो । फेनेरागन ७० वटा, नुफिन ३३ वटा ९२.५ को सिसि र सिरिन्ज थान २ बरामद गरी निजहरुलाई नियन्त्रणमा लिएको त्वातीले बताए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer