पाल्पामा । परियार समाज गुठी, पाल्पाको ४८ औं साधारण सभा सम्पन्न भएको छ ।
सभाले तीर्थ प्रसाद गौतमको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चुनिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा दिपक रणपाल, उपाध्यक्षहरु धुव कार्की, सन्जु दर्नाल, सर्जु गौतम, सुनिल बुढाथोकी, महासचिवमा सुजन कार्की रहेका छन् ।
त्यसैगरी सचिवमा श्रपण गोतामे, धर्मेन्द्र नेपाली, सविन रणपाल, आशिष रणपाल, कोषाध्यक्षमा विष्णु गौतम, सहसचिवमा मधुसुदन छिनाल, शिव प्रकाश दर्नाल चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा मनोज कार्की, नविन रणपाल, सन्तोष गौतम, सावित्री कोइरराला, विष्णु बुढाप्रिती, भगतवी दर्नाल, मन्जु रणपाल, इन्दु कोइराला, किरण कार्की, गोविन्द रणपाल रहेका छन् ।
आन्तरिक लेखा परीक्षण समितिको संयोजकमा विनोद प्रसाद बुढाप्रिती, सदस्य वृद्धकृष्ण रणपाल, सोलमी बुढाथोकी,अनिता कार्की विष्णु गौतम चुनिएका हुन ।
समाजले सल्लाहकार परिषद गठन गरेको छ । जसको प्रमुख सल्लाहकारमा पूर्व अध्यक्ष तारा गौतम सदस्यमा पुरन कार्की वृद्ध नेपाली, राजकुमार रणपाल, मंगल रणपाल, दिपक कोइराला, घनश्याम दर्नाल, महेन्द्र घले, केशव दर्नाल र सुरेश गौतम रहेका छन् ।
समाजले भेट्रान परियार समाजको समिति विस्तार गरेको छ । जसको सदस्यमा सर्वजित दर्नाल,आन्नद प्रसाद बुढाथोकी, सन्तविर कोइराला, सूर्य प्रकाश दर्नाल, रामप्रसाद दर्नाल, निर्मल प्रसाद दर्नाल, बेन बहादुर गईदेल, धन बहादुर रणपाल, मानसिंह घले, सोम प्रसाद निरन्जन, चन्द्र बहादुर रणपाल रहेका छन् ।
समाजको नयाँ कायसमितिले स्वर्ण महोत्सव मनाउन उपसमिति गठन गरेको छ । २०७९ सालमा स्वर्ण महोत्सव मनाउन विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष तीर्थ प्रसाद गौतमले बताए । परियार युवा समाजको संयोजकमा आशिष रणपाल र महिला समाजको संयोजकमा तुल्सी बुढाप्रितीलाई चुनिएको छ । दुवै समितिमा २१/२१ सदस्यीय रहेको छ ।
कार्यक्रम समाजका अध्यक्ष तारा गौतमको अध्यक्षता, सचिव सुजन कार्की सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कोषाध्यक्ष सन्जु दर्नालले आर्थिक वर्ष २०७६।०७७को १३ लाख ९ हजार ५२२ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।