काठमाडौँ — मंगलबार नेपालमा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । यो कोरोना संक्रमणबाट मृत्यु हुनेको अहिलेसम्मकै धेरै संख्या हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ३१ पीसीआर परीक्षणबाट ७ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो पनि पढ्नुहोस् :