पाल्पामा एकैदिन १४८ जनामा कोरोना संक्रमण (कहाँ कति थपिए विवरणसहित)

पाल्पा । पाल्पामा एकैदिन १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार १५० जनाको पीसीआर परीक्षणमा १०३ र ८९ जनाको एन्टिजेन परीक्षणमा ४५ जना गरि १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

योसंगै पाल्पामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६३३ जना पुगेको छ । संक्रमितमध्ये ५८० जना होम आइसोलेसन र ५३ जना अस्पतालमा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

पाल्पामा हालसम्म ४३ जना संक्रमितको मृत्यु भएको छ ।

कहाँ कति थपिए हेर्नुहोस विवरण

तपाईको प्रतिक्रिया