तानसेन । पाल्पाको रामपुर नगरपालिकाले कोरोनाका कारण ज्यान गुमाएका परिवारका लागि ३० हजार रुपैँया दिने भएको छ ।
नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमण भएर ज्यान गुमाउनेका पारिवारका लागि किरिया खर्च स्वरुप ३० हजार स्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै नगरपालिकाले संक्रमण उच्च गतिमा फैलिएको हुँदा आवश्यक काम बाहेक घरबाहिर ननिस्कन र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत नगरबासीमा अनुरोध गरेको छ ।
रामपुरमा हालसम्म ३११ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।