तानसेन । पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले समुदायमा संक्रमण बढेपछि अक्सिजनसहितको उपचार सुरु गरेको छ ।
पछिल्लो समय समुदायमा संक्रमण बढेपछि गरिएको पिसिआर परीक्षणमा ५० प्रतिशतको नतिजा पोजेटिभ आएपछि गाउापालिकाले उपचारको तयारी गरेको जनाएके छ ।
रैनादेवी छहराले संक्रमितको जटिलतालाई ख्याल गरेर कोभिड अस्पताल निर्माण गरेर १२ वटा अक्सिजनसहितको ५ बेड तयार पारेको स्वास्थ्य शाखा प्रमखु जीव रानाले बताए । कोभिड अस्पतालमा चौविसै घण्टा चिकित्सकसहितको सेवा उपलब्ध गराएको रानाले बताए ।
यस्तै पालिकाले संक्रमितको घर–घरमा पुगेर स्वास्थ्य परामर्श दिनुका साथै औषधि र पौष्टिक आहार समेत प्रदान गर्दै आएको छ । महामारी नियन्त्रण प्रभावकारी बनाउन गाउँपालिकाको विपत ब्यावस्थापन समितिको बैठक बसेर पालिका भित्र हुने सबैखाले गतिबिधि बन्द गर्ने, माईकिङ्ग द्धारा जनचेतना फैलाउने लगाएतका काम तिब्र रुपमा अगाडी बढाएको छ ।
रैनादेवी जिल्लाकै दोस्रो धेरै संक्रमित रहेको पालिका भएका कारण अध्यक्षले प्रयोग गर्ने सवारी समेत एम्बुलेन्सका रुपमा प्रयोग गरेको गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद पोखरलले बताए ।
छहरामा हालसम्म केही कर्मचारी र जनप्रतिििनधि सहित २६६ जनामा कोराना संक्रमण पुष्टि भएके छ भने ४ जनाको मृत्यु भएको छ ।