
तानसेन। तानसेन नगरपालिकाले निर्माण गरेको आइसोलेशनमा बिरामीको उपचार सुरु भएको छ ।
तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसको अयोध्याप्रसाद भवनमा स्थापना गरिएको आइससाेलेशन कक्षमा ५ जना संक्रमितले बिरामीको उपचार सुरु भएको हो ।
आइसोलशनमा अक्सिजनसहितको सुविधा उपलब्ध गराईएको छ । जस्ले गर्दा स्वास्थ्यमा सामान्य समस्या आएका बिरामीलाई उपचार गर्दै आएको नगरप्रमुख अशोक कुमार शाहीले जानकारी दिए ।
आइसोलेशन कक्षमा नगपालिकाका स्वास्थ्यकर्मीसंगै सन्चो हेल्थ केयर प्रालिका डाक्टर झपेन्द्र ढकालले संक्रमितको निगरानी गर्दै आएको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताए ।
हालका लागि १० बेडको अक्सिजन सहितको आइशोलेशन सञ्चालन गरिएको आवश्यकता अनुसार अक्सिजनकको क्षमता बढाउने तयारी गरेको नगरपालिकाले जनाएको छ ।