
बुटवल । राष्ट्रिय सभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डेय निर्वाचित भएका छन ।
पाण्डेयले ५४६ मतभार अन्नतर्ले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पछि पारेका हुन । नेपाली काग्रेँसका उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो ।
यस्तै खड्कालाई एमाले, महन्त ठाकुर समूह लगायतकाको समर्थन रहेको थियो । पाण्डेय यस अघि प्रदेश सभा सदस्य थिए । एमालेबाट जितेका पाण्डेयले राजिनामा दिएर काग्रेसमा प्रवेश गरेका थिए । पाण्डेले स्थानीय तह तर्फ २१२४ मत भार र प्रदेश तर्फ मतभार २०१६ प्राप्त गरेका छन । खड्काले स्थानीय तह मतभार र प्रदेश तर्फ १९२० मतभार प्राप्त गरेका छन ।
निर्वाचनका तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ ।२ मत बदर भयको निर्वाचन समितिले जनाएके छ ।
नेपालगन्ज उपमहानगरका नगर प्रमुख, नरैना गाउँपालिका र दरबार गाउँपलिकाका अध्यक्षले मतदान गरेका छैनन् ।