पाल्पा । राम्दीपुलबाट कालीगण्डकी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पाल्पा रैनादेवी छहरा गाँउपालिका ५ बस्ने ८७ वर्षीय जुद्ध बहादुर कार्की रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार गल्याङ् नगरपालिका १ राम्दीपुलबाट शनिबार कार्की हाम फाली बेपत्ता भएका हुन् ।

बेपत्ता भएका कार्कीको प्रहरी र स्थानीयको सहयोगमा खोजतलास भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएपनि बेपत्ता भने भेटिएको छैन ।

तपाईको प्रतिक्रिया