पाल्पामा आज काँग्रेसको वडा चुनाव

पाल्पा । नेपाली काँग्रेस पाल्पाको गाउँ÷नगरका वडा अधिवेशन आज सुरु हुँदै छ । काँग्रेसले पाल्पाका ८१ वडामा एकैसाथ वडा अधिवेशन सम्पन्न गर्ने योजना रहेको छ ।

नेपाली काँग्रेस पाल्पामा पनि पार्टी अध्यक्ष शेर बहादुर देउवा र रामचन्द्र पौडल गुटको ठूलो प्रभाव देखिएको छ । सहमतिका आधारमा भन्दा पनि नेपाली काँग्रेसमा आफनो गुटलाई जिताउन मरिहत्य गरेको देखिएको छ । जसले गर्दा नेपाली काँग्रेस पाल्पामा जिल्ला तहदेखि वडा तहसम्म गूटको प्रभाव चर्को रुपमा बाहिर आएको हो ।

वडातहको निर्वाचनमा सहभागी हुन जिल्ला बाहिर रहेका काँगे्रसका कार्यकर्ता पाल्पा आइसकेका छन् । वडा तहको निर्वाचनमा नेतृत्वको विषयमा सदरमुकाम तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र काँग्रेसहरु चोकचोक बसी छलफलमा व्यस्त देखिएका छन् । हिजो हुने भनिएको काँग्रेसको वडा तहको निर्वाचन भने आन्तरिक कारणले हुन नसकेको नेपाली काँग्रेस पाल्पाले जनाएको छ ।

नेपाली काँगेस पाल्पाका सचिव झपेन्द्र गहिरेका अनुसार पाल्पाका दश ओटा स्थानीय तहका ८१ वडामा निर्वाचन सम्पन्न हुने गरी तयारी भएको र निर्वाचन केन्द्रमा निर्वाचन अधिकृतको टोली पुगेकोे बताए । पाल्पाको निर्वाचन सम्पन्न गराउन नेपाली काँग्रेस केन्द्रीय समितिले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाटीलाई जिम्मेवारी दिएको छ । वरिष्ठ अधिवक्ता त्रिपाटीको नेतृत्वमा पाल्पामा निर्वाचन सम्पन्न हुने भएको र निर्वाचन अधिकृत तीन दिन अघि पाल्पा आइसकेको सचिव गहिरेले बताए ।

वडा तहको निर्वाचन सम्पन्न भएपछि स्थानीय तहको निर्वाचन हुने भएको छ । पाल्पामा दूई नगरपालिका र आठ गाउँपालिका रहेको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते हुने भएको हो ।

वडा तहको निर्वाचन सम्पन्न भएपनि स्थानीय तहको निर्वाचनले कार्यकर्ता जिल्लामै रहने भएका हुने । जसले गर्दा काँग्रेस निर्वाचनले जिल्लामा केही समय चहलपहल ल्याउने देखिएको छ ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको काँगे्रसले जनाएको छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म सम्पन्न हुने छ । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गते हुने निर्णय भइसकेको छ ।

नेपाली काँग्रेस, पाल्पाका सभापति वीर बहादुर रानाले नेपाली काँग्रेसको वडादेखि जिल्ला तहसम्म अधिवेशन निर्धारित समयमा सम्पन्न गर्ने बताए ।

तपाईको प्रतिक्रिया