टिम नेपो पाल्पाको अध्यक्षमा गहतराज

पाल्पा । सामाजिक कार्य गर्नका लागि स्थापित सस्था टिम नेपो पाल्पाको जिल्ला अध्यक्षमा सन्तोष गहतराज चयन भएका छन् ।

समाजमा कम अवसर पाएका व्यक्तिहरूको उत्थानको लागि कार्य गर्ने हेतुले जिल्ला पाल्पामा सस्थाको शाखा विस्तार गरिएको थियो ।

उपाध्यक्षमा निशा मरासिनी, राजेश बोहोरा, सचिवमा सुशील बस्याल, सह सचिवमा विष्णु पौडेल, पाटनरसीप कोडसनेटरमा माधव पाण्डे, कोषाध्यक्षमा लक्ष्मी बम्रेल, सदस्यहरूमा ग्रिष्मस राना, सरोज विश्वकर्मा चयन भएका हुन ।

निर्वाचन अध्यक्ष गहतराजले आगामी दिनमा सस्थाले जिल्लाका सामाजिक कार्यहरूमा केन्द्रित गर्ने बताए ।

हाल सम्म टिम नेपो नेपालका करिब ४० भन्दा धेरै जिल्लाहरूमा शाखा विस्तार गरेको बताए ।

तपाईको प्रतिक्रिया